काठमान्डौ/ नेकपा माओवादी केन्द्रको प्रबास समन्वय समितिले नव नियुक्त इन्चार्ज तथा माओबादी पार्टीका सचिव राम कार्की पार्थको स्वागत गरेको छ। उक्त स्वागत कार्यक्रममा नेपाली जनप्रगतिशिल मंचका संसार भरिका गतिविधि, प्रवाससँग संबन्धित समाचार र बिचारहरु नियमित प्रकाशित हुने वेवसाइटबारे जानकारी गराइएको छ। अब सोही वेबसाइट बाटै नयाँ सदस्यता फारम भर्न मिल्ने भएको छ।
काठमाण्डौ स्थित नेपाली जनप्रगतिशिल मंचको केन्द्रिय कार्यालयबाट सम्बोधन गर्दै इन्चार्ज कार्कीले भने- अहिले प्रवासमा भएका नेपाली नेपालको राजनीतिका निर्णायक भएका बताउनु भयो। नयाँ पाठ्यक्रममा पछिल्ला क्रान्तिको इतिहासबारे कुनै कुरा नलेखिएकोले नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउदै पार्टीलाई नयाँ जीवन दिन प्रबासका नेता कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनु भयो। उक्त समितिका अध्यक्ष ओम शर्माको अध्यक्षतामा विहीवार भएको बिशेष बैठकमा नेता कार्कीको स्वागत गरिएको हो । बैठकमा संसार भरिबाट जूम बैठकमा उपस्थित भएका सैयौ माओवादी नेता कार्यकर्ता बीच इन्चार्ज कार्कीले वेबसाइट उद्घाटन गरेका हुन्।
नवनियुक्त इन्चार्ज कार्कीलाइ पार्टी केन्द्रिय समिति सदस्य लक्ष्मण पन्तले पुस्तक हस्तान्तरण गर्दै स्वागत गरेका थिए। बैठकमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पन्तले कार्यकर्ताको आलोचनात्मक चेतनाको बिकास गरेर पार्टी रुपान्तरण गर्नु पर्ने बिचार व्यक्त गरे। उनले पार्टीको नया अभियानमा जोडिने गरी विदेशमा भएका नेता कार्यकर्ता नेपाल आएर सहयोग गर्न अनुरोध पनि गरे। समितिको बैठकमा संसारभरिका क्षेत्रिय समितिका संयोजकहरुले नयाँ इन्चार्जलाई स्वागत गर्दै सुझाव दिएका थिए।
प्रतिक्रिया