काठमाण्डौ‐आज २६ डिसेम्बर । जनवादी गणतन्त्र चीनका निर्माता माओत्सेतुङको १३१ औ जन्म जयन्ती । माओ कै नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन भएको थियो । माओ जयन्तीको अवसरमा ने.क.पा (माओवादी केन्द्र) प्रवास समन्वय समितिद्धरा कुप्पोनडोल स्थित पार्टी कार्यलयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
समिति अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवम् प्रवास समन्वय समितिका सह इञ्चार्ज लक्ष्मण पन्तले माओको दर्शन, सिद्धान्त र क्रान्तिमा योगदान भएको चर्चा गरे । उनले माओवादीले नै माओलाई विर्सेको चिन्ता व्यक्त गरे । उक्त कार्यक्रममा चिनमा उच्च शिक्षा अध्यन गरि फर्केका मुक्ति मरासिनीले चीनको विकासमा योगदानको चर्चा गर्दे त्यहाँ बस्दाको अनुभव प्रस्तुत गरे । कार्यक्रममा आजको अर्थ डट कमका सम्पादक कमलेश डि.सी ले माओको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेको बताए । उक्त अवसरमा पार्टीका केन्द्रिय सदस्य दिपक साँउद, प्रवास समन्वय समितिका सचिव टी.वी पाठक, र मनऋषि धिताल, सुरेन्द्र देवकर रविन्द्र साउद लगायतले माओको यागदानको बारेमा प्रकाश पारेका थिए ।
दीर्घकालीन जनयुद्ध र छापामार क्रान्तिको सिद्धान्त, सर्वहारा सांस्कृतिक क्रान्ति, तीन जादुगरी हतियार, चिनीयाँ समाजमा वर्गहरुको विश्लेषण जस्ता कुराहरु माओका मौलिक सिद्धान्तहरु हुन । चिनमा क्रान्तिको सफल प्रयोग गरेका माओलाई विश्वभरीका कम्युनिष्ट क्रान्तिकारीहरुले आदर्श मान्दै आएका छन । उनका सिद्धान्तहरुलाई माओका रुपमा नेपाल लगायत अन्य मुलुकका कम्युनिष्ट पार्टीहरुले स्विाकार गर्दे आएका छन ।
प्रतिक्रिया