भौचर अपलोड गर्नुहोस् लगिन

रा.स्व.पा.को सस्तो लोकप्रिय प्रति पोर्चुगल समाजको आपत्ति

                    केही समय पहिला पोर्चुगलमा गोर्खाका चेक बहादुर गुरुङको मृत्यु भएको थियो । उक्त शव ब्यवस्थापन  परिवारलाई केही आर्थिक सहयोगको लागि पोर्चुगल गोर्खा समाज र तमु समाज लगाएत पोर्चुगलमा रहेका तमाम संघ संगठनका तर्फबाट आर्थिक अभियान चलाइ शव र केही आर्थिक सहयोग परिवारलाई दिन नेपाल पठाइएको हो । तर रास्ट्रिय स्वतन्त्र पार्टीले सस्तो लोकप्रियताको लागि आफुहरुले गरेको सहयोगको अपमान गर्दै आफ्नो पार्टीको नाम राखी गरेको प्रचार प्रति पोर्चगल समाज लगाएत विभिन्न संघ संगठनले आपत्ति जनाएको छ ।
                 एउटा लास माथी कति राजनिती गर्नुहुन्छ र राष्ट्रिय स्वतन्त्र पार्टीका  कार्यकर्ताले अझै पार्टीको सह महामन्त्री को नाम सहित राखेर  प्रचार गर्दै गर्दा लाज पनि लजायो होला भन्दै पोर्चुगल गोर्खा र तमु समाजले अभिव्यक्ति दिएका छन । सक्छौ भने आफै सत्कर्म गर होइन  भने लास माथिको राजनीति बन्द गर भन्दै पटक पटक सम्बन्धित  व्यक्तिलाई जानकारी गराउदा पनि मौन रहेको उहाँहरुको आरोप रहेको छ । 

प्रतिक्रिया

;