भौचर अपलोड गर्नुहोस् लगिन

माओवादीको प्रवास समन्वय समितिको वेबसाइट सार्वजनिक

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आयोजित बैठककाबीच वेबसाइट सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रले हालसम्म आफ्नो आधिकारीक वेबसाइट सञ्चालनमा नल्याएको सन्दर्भमा प्रवास समितिले भने आफू मातहतको कामकारबाहीको गतिविधि सहजरुपमा प्रवाह गर्ने उद्देश्यले छुट्टै वेबसाइट www.nppfnepal.com सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र भुसाल, प्रवास समन्वय समितिका सदस्यहरू रमेश प्रसाद तिवारी, मनऋषि धिताल, अखिल भारत नेपाली एकता मन्चका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

यस्तै प्रवास समन्वय समितिको बैठकमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा संगठनका कामकारवाहीलाई थप प्रभावकारी बनाउन प्रवासमा रहेका नेता कार्यकर्ताहरूको ज्ञान, सीप र क्षमताको सदुपयोग गर्ने कुरा बताए ।

प्रवास समन्वय समितिका कार्यालय सदस्य इन्द्रराज भट्टराईले संचालन गरेको बैठकमा समितिका कार्यवाहक इन्चार्ज लक्ष्मण पन्तले पार्टीका गतिविधि लगायत सरकारले गरेका भ्रष्टाचार बिरूद्धको काम र प्रतिबद्धताले माओवादी पार्टीप्रति जनविश्वास बढेको बताए ।

उनले गैरआवासीय नेपाली संघको आगामी महाधिवेसनलाई पार्टीले गम्भीर रूपमा लिएको र उक्त महाधिवेशनमा प्रवास समन्वय समितिले आफ्नो दरिलो प्रतिनिधित्वका लागि क्रियाशील भएर लाग्ने बताए । उनले प्रवासी नेपालीहरूको समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको पनि बताए । सो कार्यका लागि पार्टीले ओम शर्माके नेतृत्वमा १२ सदस्यीय समिति निर्माण गरेको छ ।

प्रतिक्रिया

;