भौचर अपलोड गर्नुहोस् लगिन

माओवादीले निकट भविष्यमा छुट्टाछुट्टै दुईवटा अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।  पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेस जाजरण अभियान र उत्तर–दक्षिण अभियान चलाउन चलाउने बताएका हुन् । 
उनले उत्तर दक्षिण अभियानले हिमाल पहाड र तराईलाई जोड्ने जानकारी दिए । यस्तै तराई मधेस जाजरण अभियानले पार्टीको संगठन सुदृढिकरणमा सघाउ पुग्ने प्रचण्डको भनाइ छ।  यसबारे पार्टीले ठोस निर्णय गरेर अघि बढ्ने उनको भनाइ रहेको एक नेताले जानकारी दिए । 

बैठकमा प्रचण्डले उत्पीडित जनसमूदायलाई जोडेर जानुपर्ने र आगामी निर्वाचनको पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

;