भौचर अपलोड गर्नुहोस् लगिन

भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा सहभागी हुन अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा सहभागी हुन अपिल गरेका छन् । आइतबार एक विज्ञप्तिमार्फत शर्माले विपद्‌को समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफैँ उद्धार र राहत कार्यमा तत्काल अग्रसर भएको भन्दै संगठनको तर्फबाट प्रशंसा पनि गरेका छन् । 

"सरकारका सबै निकायलाई उद्धार, राहत र पुनर्निर्माणमा यथासक्य छिटो खट्न हार्दिक अनुरोध गर्दै उद्धार, राहत र पुनर्निर्माणमा आ–आफ्नो स्थान र क्षमता अनुसार सहभागी हुन अखिल भारत नेपाली एकता मञ्च, जनप्रगतिशील मञ्च अन्तरर्गत विश्वभरी रहेका हाम्रा सबै सदस्य तथा शुभचिन्तकहरूमा हार्दिक अपील गर्दछौँ," उनले भनेका छन् ।

शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ ।

प्रतिक्रिया

;