भौचर अपलोड गर्नुहोस् लगिन

बोल्न नपाएपछि माओवादीको बैठकमा असन्तुष्टि

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केही केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो धारणा राख्न नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । बैठकमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केही केन्द्रीय सदस्यले बैठकमा बोल्न समय मागेका थिए । तर, समय अभाव भन्दै बोल्न दिइएन भने केही भएमा लिखित रुपमा आफ्नो धारणा राख्न भनिएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मात्रै समय दिइएको तर अन्यलाई बोल्न नदिइएको नेताहरुको भनाइ छ ।  बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सदस्यहरुले केही भएमा लिखित रुपमा आफ्नो धारणा पेश गर्न सक्ने बताए ।  बैठक प्रचण्डले सम्बोधन गरेपछि सम्पन्न हुनेछ ।

 

प्रतिक्रिया

;